काठमाडौँ । भक्तपुरमा एक जना महिलाको लडेर मृत्यु भएको छ।
मध्यपुर ठिमी नगरपालिका–९ बोडे निलबाराहीमा एक महिला लडेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
ललितपुर गोदावरी नगरपालिका–१४ बाँडे गाउँ घर भई भक्तपुरमा डेरा गरी बस्ने ३६ वर्षीया सृजना महर्जनको मृत्यु भएको हो। शनिबार बिहान ११ बजे घरमा लडेर उनी घाइते भएकी थिइन्। घाइते भएकी उनलाई छोराले देखेपछि स्थानीयले उद्धार गरी अस्पतालमा पुर्याएका थिए।
ठिमीमा रहेको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।