काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक सकिएको छ।
शनिबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले दलको कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
यस प्रक्रियालाई यथाशीघ्र सुरु गरिने पनि उनले बताए। यस्तै अर्को बैठक पुस २६ गते बिहान ९ बजे बस्ने भएको छ।
त्यस दिन प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन्। दलको बैठकले मतदाता, पार्टीका कार्यकर्ता, निवर्तमान सरकार, लगायतलाई धन्यवाद पनि ज्ञापन गरेको छ।