रामचन्द्र पौडेललाई भेटेर जनार्दन शर्माले मागे प्रचण्डलाई विश्वासको मत « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

रामचन्द्र पौडेललाई भेटेर जनार्दन शर्माले मागे प्रचण्डलाई विश्वासको मत


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका नेता जनार्दन शर्माबीच भेटवार्ता भएको छ । शुक्रवार काँग्रेस संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा माओवादी केन्द्रका नेता शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट पुस २६ गते विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन गरेको नेता शर्माको आग्रहलाई नेता पौडेलले सकारात्मक रूपमा लिँदै पार्टीभित्र छलफल गरेर निर्णयमा पुग्ने बताएका छन् ।

नेता पौडेलले काँग्रेस नेतृत्वको गठबन्धन भत्किएपछि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउँदै आएका छन् । यसअघि नेता शर्माले काँग्रेस सभापति शेरबहादुर देउवालाई समेत भेटेर प्रचण्डलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

सम्बन्धित समाचार : प्रचण्डले विश्वासको मत मागेपछि देउवाले बोलाए पदाधिकारी बैठक

सम्बन्धित समाचार : माओवादीले माग्यो काँग्रेससँग विश्वासको मत, नेताहरू छलफलमा 

 

Tags :
प्रतिक्रिया दिनुहोस