२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवा प्रवाहमा जिल्ला प्रशासन काठमाडौँको छलाङ, यी १० सेवामा शुरु भयो टायम कार्ड !

अ+ अ-

काठमाडौँ । अत्यन्तै गुनासो आउने कार्यालयहरूमध्ये एक जिल्ला प्रशासन कार्यालय काठमाडौँले सेवा प्रवाहलाई सहज, छिटोछरितो र प्रभावकारी बनाउन टायम कार्ड लागू गरेको छ । सेवाग्राहीले लामो समय लाइन बस्नुपर्ने समस्या समाधानको लागि प्रशासन कार्यालयले बिहीबारदेखि विभिन्न १० वटा सेवामा टाइम कार्ड लागू गरेको हो। 

संस्था नवीकरण, नागरिकता प्राप्ति, नाबालक प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र कार्ड वितरण, सिफारिस, मुद्दाको पेस्की, तारिख तथा फैसला तथा गुनासो व्यवस्थापनलगायत सेवामा टायम कार्ड लागू गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले प्रशासनलाई जानकारी दिए ।

प्रजिअ उपाध्यायका अनुसार कागजात पुगेको अवस्थामा संस्था नवीकरण ३० मिनेट, नागरिकता प्राप्ति एक घण्टा, नावालग प्रमाणपत्र १ घण्टा,  राष्ट्रिय परिचय पत्र कार्ड वितरण ३० मिनेट, जिल्ला प्रशासनबाट दिइने सिफारिस १ घण्टामा दिई सकिनेछ । यसैगरी मुद्दाको पेस्की र तारिख ३० मिनेट, फैसला ६० दिन र सेवा प्रवाहमा हुने गुनासो ३ देखि ४ बजेसम्म प्रजिअ आफैले सुन्ने व्यवस्था मिलाइएको प्रजिअ उपाध्यायको भनाई छ । साथै ६५ वर्षका नागरिक, असक्त नागरिक र बच्चा सहितको महिलालाई लाइनमा लाग्न  नपर्ने व्यवस्था गरिएको बताउँदै उपाध्यायले ७५ वर्ष माथिका नागरिकका लागि एक जना सहयोगी कर्मचारी खटाएर सेवा दिने व्यवस्था मिलाइएकोसमेत बताए । 

त्यसै गरी भिडभाडका कारण अस्तव्यस्त रहने कार्यालय परिसरमा लाइन व्यवस्थापन गरिएको छ भने बिहानैदेखि रातीसम्म लाग्नु पर्ने सेवाग्राहीको लाइन हटाएर १० देखि ५ बजेसम्ममा सबै काम सकिसक्ने गरी व्यवस्था मिलाइएको उनको भनाई छ । 

यससँगै राष्ट्रिय परिचय पत्रका लागि फोटो खिच्ने एक सय ७५ बाट बढाएर चार सय ५०, पासपोर्टका लागि फोटो खिच्ने एक सय २५ बाट बढाएर दुई सय ५० सम्म पुर्‍याइएको छ । त्यस्तै १० हजार ढड्डाको अभिलेख व्यवस्थापन शुरु भएको छ भने डिजिटाइटेसनका लागि सञ्चार मन्त्रालयसँग पहल भइरहेको र बिचौलिया फ्रि बनाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।  

रात्रिकालीन व्यवस्थालाई समय तोकेरै सहजीकरण गरेको प्रशासनले विकास सहजीकरणको लागि लब्सीफेदीको सवस्टेशनको काम भइरहेकोसमेत जनाएको छ । 

आजै मात्र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुगमन गरेका थिए । 

सम्बन्धित समाचार : गृहमन्त्री लामिछानेद्वारा काठमाडौँ जिल्ला प्रशासनको अनुगमन 

अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले जिल्ला प्रशासनको सेवालाई क्रमिक रूपमा सुधार गर्दै लैजाने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस