काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ। बत्तीसपुतलीस्थित एक होटेलमा केही बेरअघि बैठक सुरु भएको हो।
बैठकमा आगामी केन्द्रीय कार्यसमिति बैठकका लागि रणनीति बनाउने विषयमा छलफल हुनेछ।
यसैगरी, बैठकमा पार्टीको संसदीय दलको निर्वाचन, निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने नेताहरूले बताएका छन्।
केन्द्रीय समिति बैठक यही पुस २८ गतेका लागि बोलाइएको छ। यसअघि पुस २२ गतेका लागि बैठक तय गरेर धकेलिएको हो।
केन्द्रीय कार्यसमिति बैठकभन्दा अगाडि २३ गते शनिबार संसदीय दलको बैठक बोलाइएको छ।
आज आफ्नो समूहको बैठक बस्नुअघि नेता शेखर कोइरालाले हिजो पार्टी सभापति शेरबहादुर देउवासँग भेटेका थिए।