२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मर्यादाक्रमको विवादले मन्त्रालय नगएको होइन् : उप-प्रधानमन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायाणकाजी श्रेष्ठले मर्यादाक्रममा समस्या रहे पनि यसै कारण आफू मन्त्रालय नगएको कुरा गलत रहेको बताएका छन् ।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मर्यादाक्रमको विवादले मन्त्रालय नगएको भनेर फिजाइएको हल्ला गलत छ । मन्त्री भएकै दिन मन्त्रालय गएको हो, नजाने भए पहिलो दिन नै मन्त्रालय जान्नथेँ ।’ मन्त्री भएकै दिन मन्त्रालय गएर कर्मचारीसँग भेटी आवश्यक निर्देशन दिइसकेको उनले बताए ।

उनले भने, ‘त्यसपछि सन्चो नभएर मन्त्रालय जान सकिनँ, अहिले पनि घाँटी ठिक भइसकेको छैन । तर मर्यादाक्रममा समस्यै नभएको भने होइन, समस्या छ, क्याबिनेटको सिस्टम हुन्छ, न यो मेरो र अर्थमन्त्री विष्णु पौडेलबीच सम्बन्धको कुरा हो, न त्यो कारणले म मन्त्रालय नगएको हो ।’ यो सरकारलाई सफल बनाउने र त्यसका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले आइतबारबाट मन्त्रालय गएर काम सुरु गर्नेसमेत बताए ।

उनले भने, ‘तर ७र८ वर्ष पहिले उपप्रधानमन्त्री भइसकेको र अर्को उपप्रधानमन्त्री छ भने त्यसमा मर्यादा क्रम हुनुपर्छ, एउटै पार्टीमा हुँदा पनि म छैटौँ नम्बरमा थिएँ, उहाँ (विष्णु पौडेल) नवौँ नम्बरमा हुनुहुन्थ्यो । ८ वर्ष पहिले उपप्रधानमन्त्री थिएँ, तर उहाँ ८ वर्षपछि हुनुभएको हो, यस्ता केही समस्या छन्, तर काम गर्नका लागि यी मुख्य समस्या भने होइनन् ।’

आइतबार मन्त्रालय गएर यातायात व्यवस्था विभागबाट त्यहाँ के के समस्या छन् बुझेर समाधानको उपाय खोज्ने पनि उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस