१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नै विद्यार्थीको अपहरणपछि हत्या गरेर ५० लाख फिरौती माग्ने शिक्षक पक्राउ

अ+ अ-

काठमाडौँ । अपहरणपछि हत्या गरेको आरोपमा शिक्षकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

वीरगञ्जस्थित गुरुकुल ईङ्लिश बोर्डिङ स्कुलमा अध्ययनरत आफ्नै विद्यार्थीको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका शिक्षक दुई जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो। विद्यार्थीको अपहरणपछि ५० लाख फिरौती मागेको मेसेजको आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका-२५, खल्वा टोला सिर्सियास्थित गुरुकुल ईङ्लिश बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय नीरजकुमार पासवानको अपहरणपछि हत्या भएको छ। उनको हत्यामा संलग्न रहेका तीन जनामध्ये वीरगञ्ज-१७, अलौँका २४ वर्षीय कृष्णा भन्ने श्यामप्रसाद यादव र धोबनी गाउँपालिका-१ घोडदौलपिप्राका ३० वर्षीय दिलीपकुमार पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले बताए। पटेल गुरुकुल विद्यालयकै शिक्षक हुन्।

निरज हराएको भन्दै उनका परिवारले मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो।

त्यसको १२ दिनपछि गर्दै मङ्सिर २० गते नीरजका बुवा श्रीराम हजरा दुसादको मोबाइलमा एउटा मेसेज भेटिएको एसपी शाहले बताए।

दुवै जनाले अपहरणपछि हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले निरजलाई बाँधेर राखेका थिए। बाँधिएको डोरी फुकालेर निरज भाग्न खोज्दा आफ्नो पहिचान खुल्ने डरले अपहरणकारीले घाँटी अठ्याएका थिए। घाटी अँठ्याउँदा नीरजको ज्यान गएको उनीहरूले प्रहरीलाई बयान दिएका छन्।

त्यसपछि उनको शव स्कुलको पुरानो भवन रहेको शौचालयको सेफ्टीट्यांकमा गाडेका थिए। नीरजको शव प्रहरीले पुस १० गते फेला परेको थियो।

आर्थिक अभावमा रहेका उनीहरूले पैसाका लागि नै नीरजको अपहरण गरेको पाइएको एसपी शाहले बताए। एकीकृत भन्सार चौकीका जग्गा बालकका बुवा श्रीरामको जग्गा लिइएको थियो। त्यस बाफत श्रीरामले पाउने पैसाका लागि नै बालकको हत्या गरिएको शाहको भनाइ छ।

उनीहरूले नीरजको अपहरण गरेको १२ दिनपछि फिरौती माग गरेका थिए। जबकि, निजरको अपहरण गरेकै दिन हत्या गरिएको खुलेको छ।

उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसपी शाहले बताए। हत्यामा संलग्न एक जना फरार रहेका छन्।

प्रतिक्रिया दिनुहोस