२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केही नयाँ गरेरै छाड्नेको केन्द्रीकरण भएको छ, मलाई सहज छ : प्रधानमन्त्री प्रचण्ड

अ+ अ-

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो सरकारमा काम गर्न सहज हुने बताएका छन्। 

सोमबार साँझ कार्यभार सम्हालेर मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यसपालिको सरकारमा काम गर्न सहज हुने बताएका हुन्। 

काम गरेरै छाड्ने सङ्कल्प भएकाहरूको केन्द्रीकरण भएकाले पनि आफूलाई सहज भएको उनले बताए। ‘केही नयाँ गरेरै छाड्ने सङ्कल्प भएकाहरूको केन्द्रीकरण भएको छ। मलाई सहज छ,’उनले भने। नयाँ सरकार गठनले जनतामा आशा र भरोसा भएको देखिएको पनि उनले बताए।

यस्तै मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक बोलाउने पनि निर्णय गरेको उनले बताए। 

‘हाम्रो अगाडि देशको अगाडि, थुप्रै जटिलता र चुनौतीहरू छन्। तर यो मन्त्रिपरिषद् जस्तो किसिमले बनेको छ। र गएको निर्वाचनमा मतदानको जस्तो परिणाम देखियो त्यसलाई समेटेको छ र आशा जगाएको छ,’उनले भने, ‘हामी भर्खरै पहिलो बैठक सक्यौँ। र हामीले यो बैठकमा पनि सबैभन्दा पहिला नेपालको अर्थतन्त्रको स्थिति जटिल र चुनौतीपूर्ण दिशातर्फ छ, त्यसलाई सुधार्नेबारे छलफल गर्‍यौँ।’

उनले जनताले पाइरहेको सास्तीलाई कम गर्ने बारेमा पनि निर्णय भएको बताए। 

प्रतिक्रिया दिनुहोस