काठमाडौँ । प्रचण्ड नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक सुरु भएको हो।
६:३० बजे बस्ने भनिएको बैठक केही ढिलो गरी शुरु भएको हो ।
सम्बन्धित समाचार : प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण
आजै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पद तथा गोपनीयताको शपथ खाएका थिए । शपथसँगै सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमपछि सिंहदरवार पुगेर पदभार ग्रहण गरेका थिए । त्यसको केही बेरमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो।