२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढीमा जिल्ला प्रशासनद्वारा निषेधाज्ञा जारी

अ+ अ-

काठमाडौँ । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थिति नियन्त्रण गर्न प्रशासनले २४ घण्टा निषेधाज्ञा लागु गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ ‘क’)बमोजिमको निषेधाज्ञा लागु गरेको बताए । 

पिपल चौतारा दोबाटोमा सडक निर्माणको क्रममा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि त्यहाँ लगातार प्रदर्शन भएकाले प्रशासनले अराजक गतिविधि नियन्त्रण गरी नागरिकको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न निषेधाज्ञा लागु गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

पूर्वमा धनगढीको पुष्पलाल चोक, पश्चिममा रातोपुल, उत्तरमा सामुदायिक प्रहरी सेवा केन्द्रको भवन दक्षिणमा धनगढीका १ र २ स्थित हुलाकी राजमार्गमा क्षेत्रभित्र निषेधाज्ञा लागु भएको छ । मंसिर १५ गते बेलुका ७ बजेदेखि मंसिर १६ गते बेलुका ७ बजेसम्म सो निषेधाज्ञा लागु हुने प्रशासनले जनाएको छ ।

धनगढी ५ पञ्चोदय मावि सनपुरको कक्षा ८ मा अध्ययनरत धनगढी ५ तारानगरकी चेतना साउदलाई ग्रेडरले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा पिचको काम भइरहेकोले निर्माण कार्यमा रहेको ग्रेडरले बिहीबार बिहान साइकलमा स्कुल गइरहेका बेला साउदलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस