२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा श्रृङ्खलावद्ध रूपमा मोटरसाइकल चोरी गर्ने समातिए

अ+ अ-

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट श्रृङ्खलावद्ध रूपमा मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ४ घर भई हाल ललितपुरको इमाडोल बस्ने २८ वर्षीय भूपेन्द्र बहादुर बुढामगर रहेका छन् । 

विभिन्न स्थानहरूमा पार्किङ गरी राखिएका मोटरसाइकलहरू चोरी भएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एयरपोर्टबाट उनलाई पक्राउ गरेको हो । उनको साथबाट भक्तपुरको राधेराधे स्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट चोरी भएको मोटरसाइकल बरामद भएको छ । 

यस्तै विभिन्न मितिमा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङबाट ३ थान मोटरसाइकल चोरी गरेको खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

उनलाई थप अनुसन्धान र कारबाही प्रक्रियाका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस