रूपन्देही । रुपन्देही क्षेत्र ३ को (२) मा नेकपा एमालेका तुलसी प्रसाद चौधरी विजयी भएका छन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र ढकाललाई २ सय १ मतले पछि पारेका हुन् । मुख्य निर्वाचन अधिकृत रामकृष्ण कोइरालाका अनुसार एमालेका उम्मेदवार चौधरीले १६ हजार ३ सय ९४ मत ल्याएका छन् । कांग्रेसका ढकालले १६ हजार १ सय ९३ मत ल्याएका छन् ।