२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीको क्लिनस्विप

अ+ अ-

काठमाडौँ । निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका  छन्।

यहाँ प्रतिनिधिसभामा पार्टीकी केन्द्रीय अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन्। उनले ३० हजार ४०४ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन्। यस्तै नेकपा एमालेका तपेन्द्र रावल भने ५ हजार ९१० मतमै सीमित रहे।

यहाँ १ लाख ६७ हजार ७०३ मतदाता रहेकोमा ६४ हजार ९९९ मत खसेको थियो। खसेको मतमा ३ हजार २६८ मत बदर भएका छन्।

यस्तै, यो क्षेत्रको प्रदेशसभा १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा १ मा कैलाश चौधरी विजयी भएका हुन् भने प्रदेशसभा २ लक्ष्मण किशोर चौधरी विजयी भएका छन्।

प्रदेशसभा १ मा विजयी चौधरीले १५ हजार १ सय एक मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार तीन सय ७७ मत प्राप्त गरेका छन्। प्रदेशसभा २ मा विजयी भएका लक्ष्मण चौधरीले ११ हजार ३१७ मत प्राप्त गरेका छन्। उनले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावललाई ३ हजार २६४ मतान्तरले पराजित गरेका हुन्।

नेपाली काँग्रेसको केन्द्रीय सदस्यसमेत रहेका रावल गठबन्धनका तर्फबाट उम्मेदवार थिए। निकटतम प्रतिस्पर्धी रावलले ८ हजार ५३ मत प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस