काठमाडौँ । काठमाडौँ क्षेत्र नं. १ को मतपेटिका सङ्कलन कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताएका छन् ।
अहिले मतपेटिका सङ्कलन कार्य जारी रहेकोले केही बेरमा सर्वदलीय बैठक राखेर मतगणनाको तयारी गरिने खतिवडाले बताए ।
अहिले मतगणना कार्य जारी छ । केही बेरमा नै सबै मतपेटिका मतगणना स्थलमा सङ्कलन हुने र त्यसपछि सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना कार्य हुनेछ ।