३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवाद भए तत्काल नयाँ पठाउन थप १० प्रतिशत बढी कर्मचारीको बन्दोबस्त 

अ+ अ-

काठमाडौँ । भक्तपुरमा निर्वाचनको सम्पूर्ण तयारीको पूरा भएको छ। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको बताइन्।

कर्मचारीको कारण मतदान कार्य प्रभावित नहोस् भनेर १० प्रतिशत बढी कर्मचारीको बन्दोबस्त गरिएको जनाइएको छ। कर्मचारीकै कारण केही ढिलासुस्ती भए वा विवाद भएमा नयाँ कर्मचारी पठाउन सक्ने गरी थप कर्मचारीहरूको व्यवस्था गरिएको छ। 

जिल्लामा सवैतिर भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था भएको उनले सुनाइन्। उनका अनुसार जिल्लामा एक हजार सात सय ७६ जना निर्वाचन कर्मचारी खटिएका छन्। त्यस्तै आठ सय ८६ जना म्यादी प्रहरीसहित दुई हजार दुई सय १८ जना सुरक्षाकर्मी परिचालन भएको उनले बताइन्। निर्वाचन कर्मचारीसँगै प्रतिमतदान केन्द्र ३ देखि ५ जनासम्म स्वयंसेवक खटिने छन्।

मतदानको दिन हरेक केन्द्रमा नियमित अनुगमन भइरहने जनाएको छ। कुनै पनि केन्द्रमा उच्छृङ्खल तथा निर्वाचन आचारसंहिता विपरीतका कार्य भए तत्काल सुरक्षाकर्मी परिचालन हुने व्यवस्था मिलाइएको छ। उनले त्यही अनुसार राजनीतिक दल तथा उम्मेदवारहरूलाई समन्वय र सहकार्य गर्न आह्वान गरेकी छिन्।

भक्तपुरमा प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेका छन्। यस अन्तर्गत दुई सय २२ वटा मतदान केन्द्रको व्यवस्था छ। त्यहाँ कुल एक लाख ९४ हजार चार सय ३९ जना मतदाताले मतदान गर्ने छन्। भक्तपुरका कुल मतदातामध्ये महिलाको संख्या बढी छ। महिला मतदाता ९९ हजार सात सय ५१, पुरुष ९४ हजार ६ सय ८३ र अन्य पाँच जना रहेका छन्।

यसैगरी कर्मचारीहरूको लागि एउटा छुट्टै अस्थायी मतदान केन्द्र निर्धारण गरिएको जनाइएको छ। उक्त मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुने छ। १० वटा अपाङ्गमैत्री मतदान केन्द्र छन्। कुल दुई सय २२ मतदान केन्द्रमध्ये १० वटालाई अपाङ्गता मैत्री बनाइएको छ। यसअन्तर्गत भक्तपुर नगरपालिका ५, सूर्य विनायकमा ३ र मध्यपुर थिमि तथा चाँगुनारायण नपामा एक-एक वटा केन्द्रलाई अपाङ्गमैत्री बनाइएको छ।

भक्तपुर नपाका ५ मतदान केन्द्रमध्ये वडा नं ३ स्थित मेधा माध्यमिक विद्यालय तेखापुखू भक्तपुरमा अपाङ्गता भएकाहरूको सुविधाको लागि र्‍यामसमेत बनाइएको छ।  मतदानको दिन बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र पास भएकाबाहेकको सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै मंसिर १ गतेदेखि नै जिल्लाभित्र मदिरा तथा मादकपदार्थ बिक्री वितरणमा रोक लगाइएको छ।

प्रतिक्रिया दिनुहोस