२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोलि विमानस्थल जाने र बाहिरिने गाडीलाई सवारी अनुमतिपत्र लिनु नपर्ने

अ+ अ-

काठमाडौँ । आइतबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जाने र बाहिरिने गाडीलाई सवारी अनुमतिपत्र आवश्यक नपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

विमानस्थलसम्म आवतजावत गर्ने गाडीमा जाने व्यक्तिले हवाई टिकट र पासपोर्ट भने अनिवार्य देखाउनु पर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । कागजात जाँचका लागि विमानस्थलसम्म पुग्ने विभिन्न क्षेत्रमा आवश्यकता अनुसार ट्राफिक प्रहरी र म्यादी प्रहरीलाई खटाइनेछ ।

यस्तै, निर्वाचन आयोगले चुनावमा अत्यावश्यक गाडीलाई समेत सवारी अनुमतिपत्र आवश्यक नपर्ने गरी सहज आवतजावतको व्यवस्था गरेको छ । आयोगका अनुसार बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकलका लागि अनुमति पत्र लिन नपर्ने गरी सहज आवागमनको व्यवस्था गरिएको छ ।

यसैगरी खानेपानीको ट्याङ्कर, फोहरमैला ओसारपसार तथा दूध बोक्ने गाडी, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारी आवागमनका लागि प्रयोग हुने गाडीका लागि पनि अनुमतिपत्र आवश्यक नपर्ने भएको छ । त्यस्तै, दूरसञ्चार तथा केबल सेवाका लागि प्रयोग हुने गाडी, आयोगबाट जारी परिचयपत्र बाहेक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने गाडी, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने गाडीका लागि पनि अनुमतिपत्र आवश्यक पर्ने छैन ।

यसैगरी कुटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थामा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेटको गाडीका लागि अनुमतिपत्र लिन नपर्ने निर्णय गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगले विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेटको गाडी, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको गाडीका साथै आफू खटिएको मतदान केन्द्रसम्म जान र फर्किनका लागि कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने गाडीका लागि परिचयपत्र आवश्यक नपर्ने जनाएको छ । सवारी अनुमति पत्रविना सञ्चालन हुने गाडी मतदाता ओसारपसार गर्ने कार्यमा भने प्रयोग गर्न नपाइने जनाएको छ ।

निर्वाचन आयोगले पत्रकारका लागि पनि सवारी अनुमति पत्र आवश्यक नपर्ने जनाएको छ । आयोगका अनुसार सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहत सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्रबाहेक सञ्चारकर्मीले प्रयोग गर्ने गाडीका लागि पनि अनुमति पत्र आवश्यक नपर्ने जनाएको छ । भोलि सार्वजनिक गाडी भने चल्ने छैनन् । 

प्रतिक्रिया दिनुहोस