२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलाई स्वतन्त्र उम्मेदवारको चुनौती छैन : ऊर्जामन्त्री भुसाल

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारको चुनौती नभएको बताएकी छिन् । 

प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नं.३ बाट गठबन्धनको साझा उम्मेदवार बनेकी मन्त्री भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारको चुनौती नभएको बताएकी हुन् । उनले आफू नागरिकको आँखामा परीक्षण भइसकेको भन्दै विगतको दुई कार्यकालमा गरेका काम हेरेर नागरिकले मत दिने दाबी गरिन् । 

उनले भनिन्, ‘मेरो दुई कार्यकाल हेरेर उहाँहरूले मत दिन सक्नुहुन्छ । म त काम गरेर जनताका आँखामा टेस्टेड छु । गर्न सक्ने मान्छे भनेर । गर्दै नगरेका मान्छेलाई के हेरेर दिने ? न हिजो राजनीतिक परिवर्तनको आन्दोलनमा उहाँहरूको कुनै सकारात्मक भूमिका छ । कुनै एक दिन खर्च गरेको सायद इतिहास छैन । अलिकति परिवर्तनका लागि पसिना खर्च गरेको पनि इतिहास थाहा छैन । अहिले मैले गर्छु, म उठेको छु मैले भोट पाएँ भने म मन्त्री हुन्छु भन्दै हिँड्ने राजनीतिक खेलाडीलाई जनताले चिन्दैनन् भन्ने कुरै छैन । मेरो क्षेत्र त असाध्यै सचेत मान्छेहरूको क्षेत्र हो ।’

भुसालले नेपालमा दलीय राजनीति बलियो भएको बताइन् । सबै राजनीतिक दलको पार्टी संरचना पालिकासम्म पुगेको भन्दै उनले नागरिकले पार्टी हेरेर भोट दिने जिकिर गरिन् । 

उनले भनिन्, ‘दलीय राजनीति हाम्रो बलियो छ । जनताको घरदैलोसम्म हाम्रो संरचना छ । सबै राजनीतिक दलको केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा, इकाईसम्म पनि संरचना भएको हुँदा र पार्टी प्रणाली भएका कारणले जनताले पनि पार्टी हेरेर मत दिन्छन् ।’

उनले युवा राजनीतिमा आउँदा विचार, चिन्तन र देश हाँक्ने योजनासहित आउनुपर्ने बताइन् । अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको जोसले मात्रै राजनीतिले गति लिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस