काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यस्तै प्रदेश १, बागमती तथा गण्डकीका पहाडी भू–भागको केही ठाउँमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ। आज राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली रहने विभागको अनुमान छ।
भोलि शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश एकको पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानहरूमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
साथै तापक्रम क्रमिक रूपमा घट्दै जाने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।