काठमाडौँ । विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मधेस प्रदेशको सामना गर्दैछ ।
कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा खेल बिहान ९:३० बजे सुरु हुनेछ । एपीएफ क्लब समूह ‘ए’ को विजेता भएर सेमिफाइनल प्रवेश गरेको थियो । मधेस समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।
आजको खेलमा जित निकाल्दै मधेस प्रदेश फाइनलमा पुग्ने योजनामा छ । प्रधानमन्त्री कपमा मधेस प्रदेश पहिलो पटक फाइनलमा पुग्ने योजनामा छ । यता एपीएफ पनि आजको खेलमा जित निकाल्दै उपाधि नजिक हुने योजनामा छ ।
दोस्रो सेमिफाइनलमा शुक्रबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी खेल्नेछन् । प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छ ।