२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले आफ्नो मुख देखाउन नसकेर जाँड खुवाएर मान्छे पठायो : विरोध खतिवडा

अ+ अ-

काठमाडौँ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडाले आफूहरूले निर्वाचन जित्ने निश्चित देखेपछि अतालिएका एमालेजनले चुनावी सभामा जाँड खुवाएर मान्छे पठाएको आरोप लगाएका छन्। मनहरीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै खतिवडाले एमालेहरूले आफ्नो मुख देखाउन नसकेर जाँड खुवाएर मान्छे पठाएको दाबी गरे।

‘हिम्मत भए आमनेसामने आऊ, राजाका विरुद्ध, केपीका विरुद्ध लड्ने ज्यान यही हो,’ उनले भने, ‘राजा पछार्ने, केपी पछार्ने मान्छेलाई यस्ता सानातिना खत्र्याकखुत्रुक कुराहरूले फरक पार्दैन।’

खटाइएका र जाँड खाएर सभा बिथोल्न आएका मान्छे आफैँ पछारिएको भन्दै उनले यस्ता कुराले केही फरक नपर्ने बताए। केपीको ज्यादती र उद्दण्डताका विरुद्ध सधैँ लड्न तयार रहेकोसमेत उनले बताए।

मनहरी ४ मा मंगलबार खतिवडामाथि हातपात भएको भन्दै समाचार प्रकाशित भएको थियो। मनहरीका गठबन्धन दलले भने खतिवडामाथि हातपात भएको समाचारमा कुनै सत्यता नभएको जनाएका छन्। मदिरा सेवन गरी आएका व्यक्ति खतिवडाको नजिकै पुग्दा आफैँ लडेको बताउँदै उनलाई उद्धार गरी प्रहरीको जिम्मा लगाइएको दलहरूको दाबी छ।

सम्बन्धित समाचार : भोट माग्न जाँदा चुनावी सभामै कुटिए विरोध खतिवडा

प्रतिक्रिया दिनुहोस