काठमाडौँ । निर्वाचन आयोगले समाचार हटाउनका लागि सेतोपाटी डटकमलाई दिएको निर्देशन फिर्ता लिएको छ । आइतबार बेलुकी विज्ञप्ति जारी गर्दै आफ्नो आमसञ्चार नीति र मान्यताभन्दा फरक हुने गरी प्राविधिक कारणवश सेतोपाटीलाई पत्र गएको भन्दै आयोगले पत्र फिर्ता लिएको हो।
आयोगको आमसञ्चार माध्यमप्रतिको नीति र मान्यताभन्दा फरक हुने गरी यहाँ ९अमित ढकाल० प्रधान सम्पादक रहेको सञ्चारमाध्यम ९सेतोपाटी० बाट प्रकाशित समाचारको विषयलाई लिएर प्राविधिक कारणले यहाँलाई प्रेषित हुन गएको स्पष्ट गर्ने विषयको पत्र यसै पत्रमार्फत फिर्ता लिइएको बेहोरा आदेशअनुसार सादर अनुरोध छ आयोगको विज्ञप्तिमा भनिएको छ ।
गत शुक्रबार सेतोपाटीले ‘अग्नी खरेलका छोरा निशान अमेरिकी सेनामा, नेपाली नागरिकता पनि कायमै’ भन्ने समाचार छापेको थियो । यससँगै निर्वाचनमा उम्मेदवार भएका व्यक्ति तथा उनका परिवारको चरित्रहत्या भएको र व्यक्तिगत लाञ्छना लगाउने गरी समाचार प्रकाशन भएको देखिएको भन्दै २४ घण्टाभित्र समाचार हटाई स्पष्टीकरण दिन आयोगले शनिबार दिउँसो पत्र काटेको थियो।
आयोगले निर्णय नसच्याए उक्त निर्णयविरुद्ध सेतोपाटीले अदालत जाने बताएको थियो ।
