२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावपछि पनि गठबन्धनकै सरकार : डा. कोइराला

अ+ अ-

कावासोती । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार डा. शशाङ्क कोइरालाले आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् ।

नवलपुरको रजहरमा आज वाम लोकतान्त्रिक गठबन्धनको क्षेत्रीय निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्दै नेता कोइरालाले आगामी मङ्सिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुले जित्ने र त्यसपछि ५ वर्ष गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

कार्यक्रममा कोइरालाले संविधानमाथि भइरहेको निरन्तर प्रहार रोक्नका लागि बनेको गठबन्धनले अबको पाँच वर्षसम्म निरन्तरता पाउने बताउँदै मङ्सिर ४ गतेपछि बन्ने गठबन्धनको सरकारले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरे ।

नवलपुर क्षेत्र नं १ बाट चौथोपटक निर्वाचनमा होम्मिएका कोइरालाले अबको नवलपुरमा महत्वपूर्ण योजनाहरु सञ्चालन हुने तथा जिल्लालाई प्रदेशकै आर्थिक केन्द्रका रुपमा विकास गरिनेसमेत बताए ।

कार्यक्रममा गैँडाकोटदेखि त्रिवेणी जोड्ने नारायणी करिडोर, त्रिवेणी भन्सारको स्तरोन्नति, त्रिवेणी कोरोला सडक आयोजना, ट्रमा सेन्टर, बिपी अन्तर्राष्ट्रिय खेलग्राम, नमूना सदरमुकाम कृषिमा आधुनिकीकरण जस्ता महत्वपूर्ण योजनाहरु अबको पाँच वर्षभित्र सम्पन्न गरेर जिल्लालाई समृद्ध जिल्लाका रुपमा विकास गरिने कोइरालाले बताए ।

कोइरालाले स्थिरताका लागि बहुमत आवश्यक भएको र अबको निर्वाचनबाट बहुमत आउने दाबी गर्दै स्थिर सरकार बनेपछि विकासको लहर आउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस