२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा मदिरा बिक्री वितरण र सेवनमा पूर्ण निषेध

अ+ अ-

डोटी । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरूको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न डोटी जिल्लामा मदिरा ओसारपसार, बिक्री वितरण र सेवनमा पूर्ण निषेध गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत दिपा जोशीको हस्ताक्षरमा एक सूचना जारी गर्दै मदिरा ओसारपसार, बिक्री वितरण र सेवन निषेध गरिएको जानकारी गराइएको छ ।

जारी सूचनामा भनिएको छ डोटी जिल्लाको सम्पूर्ण सुरक्षालाई दृष्टिगत गर्दै कात्तिक १७ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको निर्वाचन सुरक्षा समितिको बैठकको निर्णय अनुसार २०७९ कात्तिक १९ गते राती १२ बजे देखी पहिलो हुने निर्वाचित प्रणाली बमोजिम अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको ओसारपसार, बिक्री वितरण र सेवनमा पूर्ण रूपमा निषेध गरिएको कोही कसैले सूचनाको बर्खिलाप गरी मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

सुचनामा उल्लेख भए अनुसार कोही कसैले मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने समेत प्रजिअ श्रेष्ठले बताइन् ।

आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आम मतदाता, राजनितीकदल जिल्लावासी, सरोकारवाला निकायले आ आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने समेत प्रजिअ श्रेष्ठले बताइन् ।

प्रतिक्रिया दिनुहोस