२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जब शेखर कोइरालाले ‘कमरेड’ बनेर ‘हँसिया हथौडा’मा भोट मागे…

अ+ अ-

काठमाडौँ । मोरङको क्षेत्र नम्बर ६ अन्तर्गत विराटनगरको ४ नम्बर वडाको पिपलचोकमा आयोजित चुनावी अभियानका क्रममा काँग्रेस नेता डा.शेखर कोइरालालाई माओवादी कार्यकर्ताले ‘कमरेड’ भनेर सम्बोधन गरेका छन् । डा.कोइरालालाई ‘कमरेड’ भनिएपछि केही बेर कार्यक्रममै हाँसोको फोहोरा छुटेको थियो ।

कार्यक्रममा सम्बोधनका लागि कोइरालालाई निम्त्याउनुपर्ने थियो । माओवादीका स्थानीय नेता नवराज विष्टले प्रदेश सांसदका उम्मेदवार जीवन आचार्यको सम्बोधनपछि कोइरालालाई बोलाउने क्रममा ‘कमरेड’ भनेका हुन् । त्यसपछि उनले आफ्नो भनाइलाई सच्याए । यद्यपि कार्यक्रममा हाँसो छुट्यो ।

त्यसपछि हँसिलो मुद्रामा सम्बोधन गर्न आएका कोइरालाले भने, ‘गठबन्धनमा गइसकेपछि यो कमरेड भन्ने चलन कुनै खराब होइन, यो राम्रै हो, यसलाई हामीले अन्यथा लिनु हुँदैन ।’ संविधानलाई रक्षा गर्न, लोकतन्त्रलाई मजबुत बनाउन, सुशासन दिनका लागि गठबन्धन गरिएको दाबी गरेका कोइरालाले माओवादीका तर्फबाट प्रदेशसभामा उम्मेदवार बनेका जीवन आचार्यका लागि ‘हँसिया हथौडा’मा भोटसमेत मागे ।

‘काँग्रेसबाट प्रतिनिधिसभाको उम्मेदवार म आफै छु, रुख चिन्हमा भोट दिएर जिताउनु हुनेछ,’ कोइरालाले भोट माग्दै भने, ‘त्यस्तै प्रदेशसभामा युवा जीवन आचार्य हुनुहुन्छ नेकपा माओवादीबाट, उहाँलाई गोलाकारभित्र हँसिया हथौडा छ, त्यसमा चिह्न लगाएर विजयी गराउनु हुनेछ भन्ने विश्वास छ । के का लागि ? विकासका लागि । के का लागि ? लोकतन्त्रका लागि । के का लागि ? संविधानको रक्षाको लागि ।’

कोइरालाले विराटनगरको ४ नम्बर वडामै राजवंशी चोकमा आयोजित एक कार्यक्रममा वर्तमान सरकार बनाउन माओवादी र एकीकृत समाजवादीले साथ दिएको भन्दै प्रशंसा पनि गरेका थिए । 

गत स्थानीय निर्वाचनमा हँसिया हथौडामा मत हाल्न कांग्रेसका समर्थकलाई बाध्य बनाएको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना गर्ने कोइरालाले अचेल भने दैनिक आयोजना हुने आधा दर्जन कार्यक्रममा यसरी नै भोट मागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस