प्रशासनद्वारा महोत्तरीको भंगहामा कर्फ्यु आदेश जारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रशासनद्वारा महोत्तरीको भंगहामा कर्फ्यु आदेश जारी


१० कार्तिक २०७९, बिहिबार


काठमाडौँ । हिंसा भड्किएको महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । हिंसा नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यु आदेश जारी गरेको हो ।

भंगहा नगरपालिका-८ को दक्षिणमा परियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । 

कर्फ्यु अर्को आदेश जारी नभएसम्म जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । 

हिन्दु सम्राट् सेना नाम गरेको एक सङ्गठनले निकालेको र्‍यालीको क्रममा आज हिंसा भड्किएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउन्ड हवाइ फायरसमेत गर्नु परेको थियो । अहिले घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित समाचार : महोत्तरीमा भड्कियो हिंसा, प्रहरीद्वारा एक दर्जन हवाइ फायर 

Tags :
प्रतिक्रिया दिनुहोस