काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा बस्नेहरूको इच्छाले केही समस्या आएको बताएका छन् ।
दीपावली, छठ, नेपाल संवत्को अवसरमा प्रेस युनियनद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले नयाँ संविधान बनेकोले लोकतन्त्रको सुदृढीकरण हुने विश्वास व्यक्त गरे । तर, सरकारमा बस्नेहरूको इच्छाले केही समस्या आयो, उनले भने ।
प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रता प्रजातन्त्रको लागि आवश्यक रहेको बताए । अहिलेको गठबन्धनले प्रेस स्वतन्त्रतामा कुनै बन्देज नलगाएको उनको भनाइ छ । प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेका छौँ । अझै धेरै बाँकी छ, उनले थपे ।
फरक प्रसङ्गमा उनले देश कोरोनाबाट मुक्त नभएको बताए । त्यसमाथि डेंगी थपिएकोमा चिन्ता व्यक्त गरे । देश कोभिडबाट मुक्त भएको छैन । डेंगी कहाँबाट आयो, उनले भने ।
अर्को प्रसङ्गमा प्रधानमन्त्री देउवाले आवधिक निर्वाचन हुन लागेको र सबै अधिकार जनतालाई दिएको बताए ।