२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीलाई हिट्लरसँग तुलना गर्दै माधव नेपालले भने पतन भएर जान्छन्

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी ओली पतन भएर जाने दाबी गरेका छन् । ओलीलाई हिट्लरसँग तुलना गर्दै अध्यक्ष नेपालले उनी पनि पतन भएर जाने बताएका हुन् ।

सोमबार सत्तारुढ गठबन्धनले काठमाडौँमा आयोजना गरेको बागमती प्रदेशस्तरीय संयुक्त भेलामा बोल्दै उनले ओली र ओली नेतृत्वको गठबन्धनलाई प्रतिगमनकारी, देशघातीको संज्ञा दिँदै आफ्ना साझा उम्मेदवारलाई विजयी गराउनका लागि एकताबद्ध हुन सत्तारुढ गठबन्धनका नेताहरूलाई पुनः आग्रह समेत गरे ।

संविधानलाई धुजा धुजा पार्ने, गणतन्त्रलाई नै समाप्त पार्ने ओली प्रवृत्तिलाई समाप्त पार्न पनि सत्तारुढ गठबन्धनले एकताबद्ध भएर आगामी निर्वाचनमा विजयी हासिल गर्नुपर्ने अध्यक्ष नेपालको भनाई थियो । अध्यक्ष नेपालले ओलीले संविधान, कानुन समेत कुल्चने काम गरेकाले त्यसलाई जोगाउनका लागि सत्तारुढ गठबन्धन बनेको दोहोर्‍याउँदै त्यसलाई कायमै राखेर अघि बढ्नुपर्ने समेत बताए ।

अध्यक्ष नेपालले ओली नेतृत्वको विपक्ष गठबन्धनले जनतालाई ठग्ने काम मात्रै गरिरहेको आरोप समेत लगाए । उनले ओली नेतृत्वको सरकारले मुलुकलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएको उल्लेख गर्दै त्यस्ता खालको गतिविधि गर्नेलाई राष्ट्रियताको हिमायती भन्न नसकिने जिकिर समेत गरे ।

प्रतिक्रिया दिनुहोस