२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाटन क्याम्पसका सहप्राध्यापकलाई आयोगले सोध्यो स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक डा.प्रदीप पराजुलीलाई स्पष्टीकरण सोधेको छ।

पराजुलीलाई नेपाली काँग्रेस पार्टी सचिवको रूपमा कार्यरत रहेको भन्ने बेहोराको उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधेको हो।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) बमोजिम नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति दलको सदस्य हुन सक्दैन।‍ आचारसंहिताको दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने व्यवस्थाअन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ व्यवस्था रहेको स्मरण गराउँदै उहाँलाई २४ घन्टे स्पष्टीकरण सोधिएको हो’, आयोगको स्पष्टीकरणमा भनिएको छ।

यस्तै, पर्वत जिल्ला निर्वाचन कार्यालयले कुस्मास्थित शिवालय माविका शिक्षक चिरञ्जीवी अधिकारीलाई पनि स्पष्टीकरण सोधेको छ।

अधिकारीले गत असोज २२ गते आफ्नो फेसबुक स्टाटस्मा दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेकाले निर्वाचन कार्यालयले स्पष्टीकरण सोधेको हो।

निर्वाचन आचारसंहिता २०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ अनुसार किन कारबाही नगर्नु पर्ने हो भनी स्पष्टीकरण सोधेको हो।

प्रतिक्रिया दिनुहोस