काठमाडौँ । बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस्तै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा रहेको केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का काठमाडौँसहितका आसपासका ठाउँमा महसुस भएको थियो ।