२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रीसहित गोरखामा ७ जनाको उम्मेदवारी फिर्ता

अ+ अ-

काठमाडौँ । गोरखामा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । गोरखामा पार्टीगत र स्वतन्त्र उम्मेदवारी दिएका गरी ७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएकी माधवी भट्ट पराजुलीसहित जिल्लाभर ७ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर २ ‘क’ प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका गण्डकी प्रदेशका ऊर्जा जलस्रोतमन्त्री हरिशरण आचार्यले पनि स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् । उक्त प्रदेशमा नेसपानिकटकै फणीन्द्र देवकोटा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार छन् ।

क्षेत्र नं. २ को ‘क’ मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका जुद्धविलास भण्डारी र नेमकिपाकाका बेलबहादुर बस्नेतले पनि उम्मेदवारी फिर्ता लिएका छन् । अब गोरखा- २ को प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा १२ जना उम्मेदवार रहेको निर्वाचन नारदप्रसाद भट्टराईले बताए ।

त्यस्तै क्षेत्र नं.१ को ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिएका तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आरुघाट गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेका पूर्ण दाहालले उम्मेदवारी फिर्ता लिएका हुन् । उनी नेपाली काँग्रेसनिकट नेता हुन् । उक्त प्रदेशमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेविरुद्ध उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

सोही प्रदेशमा नेकपा माओवादी केन्द्रनिकटका राजकुमार ढकाल र नेकपा एकीकृत समाजवादीका टेकराज भट्टले पनि उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फ १० जना र २ को प्रदेशसभातर्फ ७/७ जना उम्मेदवारी कायम भएको छ । बुधबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ ।

प्रतिक्रिया दिनुहोस