नवलपरासी । पूर्वी नवलपरासीमा ग्याँस बोकेको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नवलपुर प्रहरीका अनुसार भारतबाट ग्याँस बोकेर काठमाडौँ आउँदै गरेको एनएल ओएल २४६० नम्बरको ग्याँस ट्यांकर एक्कासी अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परेर भारतको उत्तरप्रदेश निवासी १८ बर्षीय जयनारायण पालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्यांकर विनयी त्रिवेणी गाउँपालिका-२ ज्यामिरेमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ४२ बर्षीय अजयकुमार सिंह घाइते भएका छन् । उनको उपचार भइरहेको छ । मृतकको शव पोष्टमार्टकका लागि मध्यविन्दु जिल्ला अस्पताल राखिएको छ ।