काठमाडौँ । नेकपा एमालेले दाङ क्षेत्र नम्बर १ मा काँग्रेस नेता गोविन्दराज पोखरेललाई सघाउने भएको छ।
एमालेले त्यस क्षेत्रमा शान्ता चौधरीलाई टिकट दिए पनि अन्तिम समयमा पोखरेललाई सघाउने निर्णय गरेको हो।
शान्ता चौधरीले नेतृत्वतहबाट पोखरेललाई नै सघाउने कुरा आएको बताइन्।
चौधरीको उम्मेदवारी फिर्ता हुने एमाले महासचिव शङ्कर पोखरेलको सचिवालयले जनाएको छ। महासचिवका प्रेस संयोजक सुरज आचार्यले गोविन्दराज पोखरेललाई एमालेले सघाउने बताए।
उम्मेदवारी दर्ता गरेर फिर्ता लिने वा उम्मेदवारी नै नदिने टुङ्गो लाग्न बाँकी रहेको उनले बताए।
योजना आयोगका पूर्व उपाध्यक्ष पोखरेल २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्युठानबाट पराजित भएका थिए।
उनी काँग्रेसका केन्द्रीय सदस्यसमेत हुन्।