काठमाडौँ । आसन्न निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागु भइसकेको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागु गरिएको हो ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता यही असोज १२ गतेदेखि लागु भएको छ । आचारसंहिता निर्वाचन सम्पन्न नहुँदासम्म लागु हुने आयोगले जनाएको छ ।
यो अवधिमा के गर्न हुने र के गर्न नहुने उल्लेख गर्दै आयोगले ६० बुँदे निर्देशन समेत दिइसकेको छ । निर्देशनमा दल तथा उम्मेदवारहरूले गर्न हुने र नहुने कार्य उल्लेख छ ।
यस्तै, सामाजिक सञ्जालको प्रयोग गर्दा पनि विभिन्न कुरामा ध्यान पुर्याउनुपर्ने आयोगले जनाएको छ ।
