२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकवि देवकोटाको कविकुञ्ज सङ्ग्रहालयमा परिणत

अ+ अ-

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्त्वपूर्ण १० वर्ष बिताएको काठमाडौँ महानगरपालिका-३० मैतीदेवीस्थित कविकुञ्ज सङ्ग्रहालयमा परिणत भएको छ ।

करिब एक रोपनी एक दाम जग्गासहितको चार तले घर निर्माण गरी नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जलाई सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो । महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर सङ्ग्रहालय बनाइएको हो ।

निर्माण लागत सात करोड ११ लाख रुपैयाँ लागेको प्रतिष्ठानले जनाएको छ । सङ्ग्रहालयमा महाकवि देवकोटाका पोसाक, पाण्डुलिपिसहित प्रकाशन भएका कृतिलगायत चिजबिज सङ्ग्रह गरिएको छ ।

महाकवि देवकोटाका चिजबिज हुनेलाई प्रतिष्ठानमा बुझाउन पनि आह्वान गरिएको छ । चिजबिज दिनेकै नाममा अभिलेख राखिने जनाइएको छ । सङ्ग्रहालय उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विसं २०१६ सालमा हराएका महाकवि देवकोटालाई आज उनकै कविकुञ्जमा फेला पारिएको बताए ।

साहित्यिक व्यक्तिका नाममा प्रतिष्ठानले बनाएको यो पहिलो सङ्ग्रहालय हो । विश्वमा प्रतिभाका निवासलाई तिनका स्मृतिमा सङ्ग्रहालय बनाउने गरिएको छ ।

सङ्ग्रहालय व्यवस्थापनका लागि प्रतिष्ठानले पाँच जना कर्मचारी खटाएको जानकारी पनि कार्यक्रममा कुलपति उप्रेतीले दिए । 

सङ्ग्रहालय दसैँ बिदा सकिएपछि असोज २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने छ । एक वर्षसम्म सङ्ग्रहालय प्रवेश शुल्क नलिने नीति पनि प्रतिष्ठानले लिएको छ ।

कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले चीनमा साहित्यकार लुसुनको सङ्ग्रहालय देखेर आफूले पनि साहित्यिक व्यक्तित्वका नाममा यस्ता स्थल निर्माण हुनुपर्ने भनी राखेको सोच आज पूरा भएको बताए । सरकारले महाकविको घर प्रतिष्ठानलाई जिम्मा दिएकामा अब त्यसको संरक्षण हुनुपर्ने उनले बताए । महाकविको घर समग्र नेपालीका लागि समर्पण भएको पूर्वकुलपति काइँलाको भनाइ थियो ।

महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीले अस्तव्यस्त रहेको महाकविको कविकुञ्ज सङ्ग्रहालयमा परिणत हुँदा खुसी लागेको बताए । अमूल्य काम भएकामा अब यसको संरक्षणमा पनि सबैको सहयोग रहनुपर्ने उनले सुनाए ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्याय, प्रा.डा.पार्थिवेश्वर तिमल्सिना, महाकवि मार्ग टोल सुधार समितिका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, महाकवि देवकोटाकी छोरी अम्बिकादेवी देवकोटा रिमाल, महाकविकी पनातिनी मञ्जिला अनिल, प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा.देवी नेपाललगायतले महाकवि देवकोटाले नेपाली साहित्यमा पुर्‍याएको योगदानका बारेमा चर्चा गरेका थिए ।

सङ्ग्रहालय शुभारम्भसँगै परिसरमा महाकवि देवकोटाको पूर्ण कदको सालिक पनि अनावरण भएको छ । सङ्ग्रहालयभित्र महाकवि देवकोटा श्रव्यदृश्य कक्ष पनि स्थापना गरिएको छ । माथिल्लो तलामा सभाकक्ष राखिएको जानकारी पनि सो अवसरमा गराइयो । सङ्ग्रहालय निर्माणका लागि महत्त्वपूर्ण योगदान गर्नेलाई सो अवसरमा सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस