२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवेकशील-साझाका ६ प्रदेश संयोजकले दिए राजीनामा, राप्रपामा प्रवेशको तयारी

अ+ अ-

काठमाडौँ । विवेकशील-साझा पार्टीका ६ जना प्रदेश संयोजकले पदबाट राजीनामा दिएका छन् । पूर्व अध्यक्ष रवीन्द्र मिश्रसँग निकट उनीहरुमध्ये ५ जना राप्रपामा आउने निधो भएको बुझिएको छ ।

राप्रपा र मिश्र नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता समारोह अहिले चलिरहेको छ । वरिष्ठ उपाध्यक्षका रूपमा राप्रपाको दोस्रो वरियतामा रहने गरी मिश्र सो पार्टीमा प्रवेश गरेका हुन् । उनीसँग विवेकशील-साझाबाट को-को आउँदैछन् भन्ने खुलाइएको छैन ।

स्रोतका अनुसार विवेकशील-साझाको प्रदेश १ बाहेक सबै प्रदेश संयोजकले पदबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेमा सुदूरपश्चिमका दिनेश भण्डारी, कर्णालीका कर्णबहादुर शाही (इन्चार्ज), लुम्बिनीका अनुपमान सैंजू, गण्डकीका सुशीला केसी अधिकारी, बाग्मतीका उज्ज्वलकृष्ण श्रेष्ठ र मधेसका धनपति महतो रहेका छन् ।

प्रदेश १ का इन्चार्ज प्रकाशचन्द्र परियार भने विवेकशील(साझामै रहनेछन् । उनलाई पार्टीले हालै प्रवक्ताको जिम्मेवारी दिएको छ ।
राजीनामा दिएका प्रदेश संयोजकमध्ये मधेसका महतोबाहेक सबैजना राप्रपा प्रवेश गर्ने निश्चित भइसकेको बताइएको छ ।

महतो भने राजीनामा दिएपछि ढुलमुल गरिरहेका छन् । उनी आफू स्वतन्त्रै बस्ने बताए पनि एमालेले उनलाई एप्रोच गरिरहेको छ । यद्यपि, उनी आफूसँग आउनेमा मिश्र अझै आशावादी छन् ।

मिश्रसँगै विवेकशीलको हालको कार्यसमितिमा रहेका ४० जना राप्रपामा आउन तयार रहेको स्रोत बताउँछ ।

आज भइरहेको समारोहमा विवेकशीलका पूर्वकार्यसमिति सदस्यहरू निरुपमा यादव, उज्ज्वलकृष्ण श्रेष्ठ र लक्ष्मण घिमिरे मञ्चमै बसेका छन् । अन्य नेताहरू भने खुलिसकेका छैनन् । साथै, विवेकशीलबाट आउने नेताहरूको पद मिलानको काम पनि बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस