काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत “प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचार-प्रसार समिति” को संयोजकमा मनोनीत भएका छन् ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले उनलाई मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचार–प्रसार समितिको संयोजक बनाएका हुन् ।
देउवाले पार्टी विधान बमोजिम केन्द्रीय सदस्य तथा प्रवक्ता महतलाई संयोजकमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।