काठमाडौँ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुआती-११ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ घोषणा गरेका हुन् ।
नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
नेपाली टोलीमा किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ, विमल घर्तिमगर, अञ्जन विष्ट रहेका छन् ।