२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अक्टोबर ११ देखि जापान प्रवेश खुला, मन्त्रालयबाट अनुमति नलिए नि हुन्छ ?

अ+ अ-

काठमाडौँ । विदेशीहरू जापान प्रवेश गर्नुपूर्व यहाँको श्रम मन्त्रालयबाट अनिवार्य अनुमति लिनुपर्ने नियम हट्ने भएको छ ।

जापानको विदेश मन्त्रालयले आज एक सूचना जारी गर्दै अक्टोबर ११ तारिखदेखि जापान प्रवेश गर्ने विदेशीहरूले श्रम मन्त्रालयबाट अनुमति लिन पर्ने नियमलाई खारेज गर्ने जनाएको हो ।

जापान प्रवेश गर्ने विदेशीहरूलाई कोरोना संक्रमण नियन्त्रणका लागि लागु गरिएका नियमहरू अनिवार्य पालना गराउने उद्देश्यले जापान प्रवेश गर्नुपूर्व नै श्रम मन्त्रालयबाट स्वीकृत लिनुपर्ने नियम थियो ।

कूटनीतिक भिसाबाहक बाहेक अरू स्ट्याटसमा पहिलो पटक जापान प्रवेश गर्ने विदेशीहरूले कोरोना संक्रमण नियन्त्रणका लागि जापान सरकारले लागु गरेका नीति नियमहरूको पालना नगरेमा त्यसको जिम्मेवारी लिन्छु भनी जापानमा रहेका आफन्त अथवा कम्पनीहरूले श्रम मन्त्रालयमा निवेदन दिनुपर्ने नियम थियो ।

सोही निवेदनका आधारमा श्रम मन्त्रालयले जापान प्रवेशका लागि अनुमति पत्र दिने गर्दथ्यो । उक्त अनुमति पत्रसहित सम्बन्धित देशमा रहेको जापानी दूतावासमा भिसाका लागि आवेदन दिनुपर्ने विद्यमान नीतिलाई अक्टोबर महिनादेखि परिवर्तन गर्न लागिएको विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

अब जापान प्रवेश गर्ने कसैले पनि (जुनसुकै भिसा स्ट्याटस भए पनि) श्रम मन्त्रालयबाट लिखित अनुमति लिनुपर्ने छैन ।

त्यसै गरी जापान प्रवेशपछि विमानस्थलमा गरिने पीसीआर परीक्षण पनि बन्द गर्ने विदेश मन्त्रालयको सूचनामा उल्लेख छ । जापान प्रवेशपूर्व (७२ घण्टा नकटेको) पीसीआर परीक्षण रिपोर्ट या ३ पटक कोरोनाविरुद्ध खोप लगाएको प्रमाणपत्र लिएर आएमा जापानको विमानस्थलमा पीसीआर परीक्षण गर्नु नपर्ने बताइएको छ ।

त्यस्तै एक दिनमा ५० हजारले मात्र जापान प्रवेश गर्न पाउने सीमा सङ्ख्यालाई पनि अक्टोबर ११ देखि हटाइने विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस