२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सानदार जित निकाल्दै पोर्चुगल शीर्ष स्थानमा

अ+ अ-

एजेन्सी । युइएफए नेसन्स लिगमा चेक रिपब्लिकमाथि सानदार जित निकाल्दै पोर्चुगल समूहको शीर्षस्थानमा उक्लिएको छ।

गएराति भएको खेलमा पोर्चुगलले घरेलु टोली चेक रिपब्लिकलाई ४-० ले हराएको हो। पोर्चुगलको सहज जितमा डिएगो डालोटले दुई तथा ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक गोल गरे।‍ खेलको ३३ औं मिनेटमा डिएगो डालोटले गोल गर्दै पोर्चुगलले सुरूआती अग्रता लिएको थियो।

पहिलो हाफको इन्ज्युरी समयमा ब्रुनो फनाएन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे। इन्ज्युरी समयमै चेक रिपब्लिकलाई पेनाल्टीको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा गोल अन्तर घटाउने मौका गुमायो।

५२ औँ मिनेटमा डिएगो डालोटले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। सहज जिततर्फ अग्रसर बनेको पोर्चुगलका लागि खेलको ण्ण् औं मिनेटमा रोनाल्डोको पासमा डिएगो जोटाले गोल गर्दै ४-० को सानदार जित दिलाए।

यहीँ समूहो अर्को खेलमा स्वीट्जरल्यान्डले स्पेनलाई हराएसँगै पोर्चुगललाई शीर्षस्थानमा पुग्न सहज बन्यो।

जितसँगै पोर्चुगल लिग ए ग्रुप दुई मा ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। स्पेन ८ अंकमा सिमित हुँदै दोस्रो स्थानमा झरेको छ। यस्तै ६ अंक जोडेको स्वीट्जरल्यान्ड तेस्रो तथा ४ अंक जोडेको चेक पुछारमा रहेको छ।

यो नतिजासँगै समूहबाट प्ले अफ र रेलिगेसनको दौड रोमाञ्चक बनेको छ। अब समूह चरणको अन्तिम खेलमा पोर्चुगल र स्पेन तथा स्वीट्जरल्यान्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ। पोर्चुगल र स्पेनमा विजयी हुने टोली प्लेअफमा पुग्नेछ। अर्को खेलमा पराजित हुने टोली रेलिगेसनमा पर्नेछ।

प्रतिक्रिया दिनुहोस