काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय समितिको बैठक बस्दै छ । समानुपातिक उम्मेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो ।
सूची टुङ्ग्याउनकै लागि हिजो बसेको बैठक निष्कर्षविहीन बनेपछि आज फेरि बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।
पार्टी प्रवक्ता प्रकाशसरण महतका अनुसार आइतबारको बैठकले सिलिङको काम गरेको छ । आज बिहान साढे ८ बजे बस्ने बैठकले समानुपातिक उम्मेदवारको सूची टुङ्गो लगाउने उनको भनाइ छ ।
अन्तिम सूचीलाई आजै कार्यसम्पादन समितिको बैठकबाट पारित गरेर निर्वाचन आयोगमा बुझाउने तयारी रहेको पनि उनले बताए ।