२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेंगुको उपचार गर्न पाटन अस्पताल भर्ना भएकालाई महानगरले दियो झुल

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरले पाटन अस्पतालमा भर्ना भएर डेंगुको उपचार गराइरहेका बिरामीका लागि झुल दिएको छ ।

महानगरका सामाजिक विकास समितिका संयोजक राजु महर्जनले आइतबार अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक प्रा।डा। रवि शाक्यलाई झुल हस्तान्तरण गरेका हुन् । हाललाई एक सय ५० थान झुल हस्तान्तरण गरेको शाक्यले बताए ।

समितिका संयोजक राजु महर्जनले अन्य बिरामीलाई जोगाउन महानगरले डेंगु संक्रमितलाई झुल दिएको बताए । उनले भने ‘संक्रमितलाई टोकेको लामखुट्टेले अन्य बिरामीलाई टोकेर डेंगु नसारोस् भनेर झुल दिएका हौँ । महानगरले पाटन अस्पतालसँग सहकार्य गरेको छ । हामीले अक्सिजन प्लान्ट जडानका लागि पनि सहयोग गरेको थियौँ।’

ललितपुर महानगरका प्रवक्ता समेत रहेका महर्जनले अस्पताललाई थप सहयोग गर्न प्रक्रिया पनि थालेको जानकारी दिए । उनले पाटन अस्पतालमा ७७ वटै जिल्लाबाट उपचार गर्न आउने भएकाले यो अस्पताल सहयोगका लागि प्राथमिकतामा परेको बताए ।

अस्पतालका निर्देशक रवि शाक्यले कोभिडलाई नै ओझेलमा पर्ने गरी डेंगुको प्रकोप फैलिएको बताउँदै महानगरले दिएको झुलको सन्देश सकारात्मक भएको बताए ।

पाटन अस्पतालका अनुसार केही दिनयता अस्पतालमा उपचार गर्न आउनेमध्ये डेंगुका १५० जना नयाँ संक्रमित थपिने गरेको छन् । तीमध्ये धेरै उपचार गरेर फर्किने गरेका छन् । केहीलाई भने अस्पतालमै भर्ना गरेर उपचार गरिएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा डेंगुका एक सय भन्दा कम बिरामीले भर्ना भएर उपचार लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस