काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकबाट आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक उमेदवारको बन्दसूची टुंगो लगाइने नेताहरूले बताएका छन् ।
एमालेले तत्ला कमिटीबाट आएका सिफारिसका आधारमा समानुपातिक सांसदको सूची टुंग्याउनेछ ।
समानुपातिकको बन्दसूची यही असोज २ र ३ गतेभित्र बुझाउन निर्वाचन आयोगले सूचना प्रकाशित गरिसकेको छ ।