काठमाडौँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले काठमाडौँ क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उनको सो निर्णयसँगै राजनीतिक दलका नेताहरु हच्किएका छन् । काठमाडौ क्षेत्र नं. ४ बाटै नेपाली कांग्रेसका महामन्त्री गगन थापा उठ्दै छन् । युवाहरु माझ उनलाई प्रभावशाली मानिन्छ ।
यता नेकपा एमालेका तर्फबाट विदेश विभाग प्रमुख डा. राजन भट्टराई पनि काठमाडौं–४ बाटै निर्वाचन लड्ने तयारीमा छन् । गत स्थानीय तहको चुनावमा स्वतन्त्रको लहर देखेका राजनीतिक दलका नेताहरु राधाको स्वतन्त्र उम्मेदवारीबाट तर्सिएका हुन् । माओवादी, नेकपा एमाले र राप्रपाले राधालाई आफ्नो चुनाव चिन्ह लिएर लड्न आग्रह गरेको पोखरेलले बताईन् ।
राधाको जन्मथलो महोत्तरी हो । तर उनी काठमाडौं क्षेत्र नं. ४ मा विगत १२ वर्षदेखि बस्दै आएकी छन् ।
काठमाडौँ क्षेत्र नम्बर ४ मा सेयर लगानी गर्ने लगानीकर्ताहरु डिम्याट खाता भएकाहरु मात्रै २४ हजार ५ सय भएको भन्दै आफूले तयही मतबाट जित्ने जनाइन् । राजनीतिक दलमा भएपछि काम गर्न सबैको अनुमति लिनुपर्ने भएकाले उनी स्तन्त्रमै उठ्ने पक्षमा छिन् ।