लमजुङ । रोजगारीको ग्यारेन्टी नभएपछि जिल्ला अस्पताल लमजुङका स्वास्थ्य कर्मचारी आन्दोलित भएका छन् । बायाँ हातमा कालो पट्टी बाँधेर उनीहरूले सोमबार रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्पताल गेटमा धर्ना दिएका थिए ।
सरकारले अस्पताल हस्तान्तरण गर्नुभन्दा पहिला कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ । सङ्घर्ष समितिका संयोजक गणेश गुरुङका अनुसार अस्पताल विकास समिति र हालसम्म अस्पताल सञ्चलन व्यवस्थापन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा ९एचडीसीएस०ले कर्मचारीको उचित व्यवस्थापन गर्नु पर्ने माग गर्दै धर्ना दिएको हो ।
कर्मचारीले रोजगारीको सुनिश्चितताको माग गर्दै प्रमुख जिल्ला अधिकारी सुशील वैद्यमार्फत पनि प्रदेश सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य मन्त्री मधु अधिकारी गुरुङलाई ज्ञापन पत्र बुझाउँदै आएको छ ।
गण्डकी प्रदेश सरकारले अस्पताल आफैँले सञ्चालन गर्ने भनेपछि स्वास्थ्य कर्मचारीमा अन्यौलता छाएको छ । यस्तै, प्रदेश सरकारले अस्पतालमा स्वास्थ्य कर्मचारी भर्ना गर्न थालेपछि कार्यरत स्वास्थ्य कर्मचारी थप समस्यामा परेका छन् ।
विकास तथा सामुदायिक सेवा (एचडीसीएस) र लमजुङ एकीकृत स्वास्थ्य केन्द्रबिचको सम्झौताअनुसार सुरुमा पाँच वर्ष सञ्चालन गरिएको थियो । सरकारले त्यसपछि एचडीएससँग मात्रै सम्झौता गरेको थियो ।
सम्झौताअनुसार २०८२ सालसम्मका लागि अस्पताल व्यवस्थापनको जिम्मा एचडीएसले लिएको थियो ।