२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उदयपुरमा एकै परिवारका ३ जनाको हत्या, मेयरले गरे ५० हजार सहयोग

अ+ अ-

उदयपुर । साता दिनअघि उदयपुरको बेलका नगरपालिका ७ का एकै परिवारका ३ जनाको हत्या भएको शोकाकुल परिवारप्रति बेलका नगरप्रमुख अशोक कार्कीले सहानुभूति सहयोग गरेका छन्।

आइतबार मेयर कार्की शोकाकुल परिवारको मैनामैनी गोवाटारस्थित घरमै पुगेर समवेदना व्यक्त गर्दै सहानुभूति सहयोग गरेर फर्केका हुन्।

बेलका ७ का वडाध्यक्ष निकेश राईका अनुसार आफ्नै दाजु नरबहादुर कार्कीको खुकुरी प्रहारबाट हत्या भएको शोकाकुल परिवारलाई भेटेर मेयर कार्कीले समवेदना व्यक्त गर्दै सहानुभूति सहयोगबापत ५० हजार रकम प्रदान गरेका हुन्।

बेलका ८ का वडाध्यक्ष जयकुमार राईसहित पुगेका मेयर कार्कीले मृतकहरूको काजक्रिया गर्न सहयोग गर्ने उद्देश्यले उक्त रकम दिएको वडाध्यक्ष राईले बताए।

साथै अचानक बाउआमा गुमाउन पुगेका मृतकका २ छोरीहरूको शिक्षादीक्षा र अन्य वृत्ति विकासको जिम्मा पनि नगरपालिकाले लिने आश्वासन मेयर कार्कीले परिवारलाई दिएको बताइएको छ। वडाध्यक्ष राईका अनुसार छोरीहरूलाई कक्षा १२ सम्म निशूल्क पठनपाठन गर्न तथा लालन पालनलगायत अन्य आवश्यक व्यवस्था मिलाउन नगरपालिका तयार रहेको आश्वासन कार्कीले पीडित परिवारलाई दिएका छन् ।

४३ वर्षीय नरबहादुरले गत १७ गते बिहान ११ः३० बजेको समयमा स्थानीय बाहिङ खोलामा रहेको खेततर्फ जाँदै गरेका आफ्नै भाइ ३७ वर्षीय राजकुमार बस्नेतलाई बाटैमा छप्काएर हत्या गरेका थिए। त्यसपछि खेत पुगिसकेका बुहारी ३३ वर्षीया सरिता र १३ वर्षीय भतिज सुजनलाई खोलामै पुगेर हत्या गरेका थिए ।

घट्नापछि भागेका नरबहादुर सोही दिन साँझ बेलका ६ स्थित बरगाछीमा पक्राउ परेका थिए। अहिले उनलाई प्रहरी हिरासतमा राखेर प्रहरीले अन्सन्धान भरिरहेको छ।

उनी विरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बस्नेतले भाइ, बुहारी र भतिजको हत्या गरेको अपराध कबोल गरिसकेको जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयाँलले बताएका छन्।

प्रतिक्रिया दिनुहोस