३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अयोध्याको बारेमा शास्त्र र तथ्यले अन्यथा भन्छ भने स्वीकार्न तयार छु : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्याको बारेमा आफूले गर्दै आएको दाबीलाई शास्त्र र तथ्यले अन्यथा भन्छ भने स्वीकार्न तयार रहेको बताएका छन् ।

उनले अयोध्याको विषय आफूले पोलिटिकल स्टन्टका लागि नउठाएको भन्दै इतिहासको यथार्थलाई उजागर गरेको बताए ।

‘राम जन्मेकै अयोध्या (माडी) मा हो, डेढ सय वर्षअघि मात्रै अङ्ग्रेजहरूले त्यहाँका हिन्दु र मुसलमानलाई खुसी पार्नका लागि एकातर्फ फैजावाद र अर्कोतर्फ अयोध्या भने,’ उनले भने, ‘यो सत्य तथ्यलाई मैले खाली उजागर गरेको हुँ । यदि शास्त्र र तथ्यले अर्को भन्छ भने म त्यस विषयमा ओपन नै छु । मेरो कुनै आग्रह होइन, इतिहासलाई यथार्थ ढङ्गले चलाउनुपर्‍यो । यो प्रश्न पोलिटिकल स्टन्टसँग जोडिएको प्रश्न होइन । इतिहास र सभ्यतासँग जोडिएको प्रश्न हो ।’

ओलीले यसअघि राम नेपालमा जन्मिएको र अयोध्या चितवनको माडी क्षेत्रमा रहेको दाबी गर्दै आएका थिए । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का नेताहरूले ओलीको भनाइप्रति असन्तुष्टि जनाउँदै आएका छन् । राम जन्मभूमिको विषय भारतीय राजनीतिको प्रमुख मुद्दा बन्दै आएको छ । ओली प्रधानमन्त्री हुँदा माडी क्षेत्रका लागि विशेष बजेटसमेत छुट्याएका थिए ।

कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकार भारतले अतिक्रमण गरेको आफ्नो भूभाग फिर्ता ल्याउने विषयमा पनि गम्भीर नभएको आरोप लगाएका थिए ।

‘गुमेको भूभाग समेटेर मैले आफ्नो नक्सामा सार्वजनिक गरेँ, त्यो भूभाग ६० वर्षअघि गुमेको हो । अहिले गुमेको होइन नि । मैले नक्सा बनाएर, संविधान संशोधन गरेर आफ्नो भूभागको रूपमा स्थापित गरेँ,’ उनले भने, ‘भारतसँग हामीले कुरा गर्नुपर्छ तर अहिलेको सरकार त्यस विषयमा बोल्ने पनि हिम्मत गर्दैन । त्यो भूभाग हाम्रो होइन भने होइन भन्नुपर्‍यो, हो भने वार्ता गर्न सक्नुपर्‍यो । भारत सरकारलाई पत्र लेख्नुपर्‍यो, हामी कुरा गर्छौँ भन्नुपर्‍यो । के हो अहिलेको सरकारको दृष्टिकोण रु मौन धारण किन ?’

प्रतिक्रिया दिनुहोस