२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिट बाँडफाँटको चाँडै टुङ्गो लाग्छ : प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबिच सिट बाँडफाँटको विषयमा चाँडै टुङ्गो लाग्ने बताएका छन् । उनले बिहीबार पनि छलफल जारी रहेको र बिहीबार साँझसम्म त्यसबारे टुङ्गो लाग्न सक्ने बताएका हुन् ।

बिहीबार बिहान वाग्मती प्रदेशका काँग्रेसका जिल्ला सभापतिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले गठबन्धनमा सिटको बाँडफाँट गर्दा सबै दललाई न्याय हुने कुरामा जोड दिने बताए ।

भेटमा प्रधानमन्त्री देउवाले बिहीबार साँझसम्म सिट बाँडफाँटको टुङ्गो लाग्न सक्ने बताएको दोलखाका जिल्ला सभापति बर्मा लामाले बताए ।

‘हामीले प्रदेश क्षेत्रका जिल्लाको विषयमा कुरा राख्यौँ । उहाँले सिट बाँडफाँट गर्दा ती विषयलाई सम्बोधन गर्ने प्रयास गर्छु भन्नुभएको छ,’लामाले ई कान्तिपुरसँग भने, ‘सिट बाँडफाँट चाँडोभन्दा चाँडो टुङ्ग्याउने गरी छलफल भइरहेको उहाँको भनाइ छ ।’

सत्ता गठबन्धनका पाँच दल एक महिनादेखि सिट बाँडफाँटबारे छलफलमा छन् । तर त्यसबारे सहमति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस