३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल प्रहरीमा २९ सय जोडी, ११ सयले सँगै काम गर्न पाऊँ भन्दै दिए निवेदन

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीमा जोडी प्रहरीको संख्या बढिरहँदा उनीहरूलाई सँगै खटाउन समस्या भएको छ । हाल करिब एक हजार एक सय जोडीले एउटै क्षेत्रमा खटाइदिन माग गरी निवेदन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार हाल नेपाल प्रहरीमा दुई हजार नौ सय ७२ जोडी कार्यरत छन् । श्रीमान्श्री-मतीलाई सँगै खटाउने प्रहरीको नीति छ । तर, धेरैले राजधानी र सुगममै रोज्ने भएका कारण सबैलाई मागअनुसार प्रहरी प्रधान कार्यालयले सरुवा मिलाउन सकेको छैन । जस कारण धेरैजसो जोडी प्रहरी फरक-फरक जिल्लामा काम गर्न बाध्य छन् ।

प्रहरी जोडीको संख्या बढ्दै गएकाले एकै ठाउँमा खटाउन प्रहरी प्रधान कार्यालयलाई समस्या परेको हो । प्रहरीले हालै प्रहरी जोडीलाई सम्भव भएसँगै एकै ठाउँमा सरुवा गर्ने भन्दै त्यसका लागि परिपत्र गरेको थियो । जसमा करिब एक हजार एक सय जोडीले निवेदन दिएका छन् । तर, निवेदन केलाउँदा धेरैले सुगम नै बस्न चाहेको र दरबन्दी मिलाउन गाह्रो भएपछि प्रहरी प्रधान कार्यालयले सरुवा गर्न सकेको छैन ।

प्रहरी प्रवक्ता टेकप्रसाद राई प्रहरीमा श्रीमान्श्री-मती दुवै प्रहरी सङ्गठनमा भएको अवस्थामा सकेसम्म एउटै कार्यालयमा खटाउने सङ्गठनको नीति भएको बताउँछन् । ‘परिवार सँगै हुँदा प्रहरीले अझै राम्रोसँग काम पनि गर्न सक्छन्, उनीहरूलाई पनि सहज हुन्छ,’ उनी भन्छन्, ‘अहिले सँगै खटाउने गरी हामीले तयारी गरिरहेका छौँ, खास गरी नयाँ शैक्षिक सत्र सुरु हुने समयमा यस्तो सरुवा हुनेछ ।’ बालबच्चाको पढाइलाई ध्यानमा राखी जोडी प्रहरीको शैक्षिक सत्रको समयमा सरुवा गर्न लागिएको हो ।

तर, सधैँभरि सँगै खटाउन भने नसकिने उनी बताउँछन् । ‘प्रहरी पेसा मूलतः सेवा हो भन्ने सबैले बुझ्नुपर्छ,’ डिआइजी राई भन्छन्, ‘त्यस कारण सधैँभरि सँगै राख्न सम्भव नहुन पनि सक्छ ।’ एक जोडीलाई कम्तीमा तीन वर्षसँगै राख्ने नीति प्रहरीले लिएको छ ।

प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले सरुवा माग्ने जोडीहरूको निवेदनमा अध्ययन गरिरहेको छ । धेरैले उपत्यका र सुगम ठाउँ रोजेपछि तत्काल चुनावअघि सरुवा गर्न नसकिने निष्कर्षमा प्रहरी प्रधान कार्यालय पुगेको छ । एकै ठाउँमा सरुवाको माग गर्दै प्रहरी प्रवक्ता राईलाई दैनिक जसो तल्लो तहका जोडी प्रहरीले फोन गर्छन् ।

प्रहरी कर्मचारी धेरैजसो विवाहपूर्व नै सेवामा प्रवेश गर्छन् । भर्नापछि ब्याचबिच नै बिहे हुने क्रम बढेको छ । पारिवारिक कारणले धेरैजसो महिला प्रहरी घर पायक र उपत्यका रोज्ने गर्छन् । जसले गर्दा उपत्यकाबाहिरका धेरै जिल्लामा महिला प्रहरीको संख्या न्यून छ ।

प्रतिक्रिया दिनुहोस