२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियसभामा चारवटै समितिका सभापति सर्वसम्मत

अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति पदका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

सबै समितिमा एक एक जनाको मात्र उम्मेदवारी परेका कारण सबै सर्वसम्मत भएका छन् । बिहीबार बस्ने समितिको बैठकमा सभापतिको घोषणा गरिने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा महेश कुमार महरा र समर्थकमा जगप्रसाद शर्मा रहेका छन् ।

त्यस्तै, विधायन व्यवस्थापन समितिमा बेदुराम भुषालले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा अनिता देवकोटा र समर्थकमा देवेन्द्र दाहाल रहेका छन् ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्माले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा कुमारी शाह र समर्थकमा युवराज शर्मा रहेका छन् ।

त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा पुनः दिलकुमारी रावलले उम्मेदवारी दिएकी छन् । उनको प्रस्तावकमा गोपीबहादुर सार्की अछामी र समर्थकमा दुर्गा गुरुङ रहेका राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।

चार समितिमध्ये विधायन नेकपा (एकीकृत समाजवादी), दिगो विकास काँग्रेस, प्रत्यायोजित व्यवस्थापन माओवादी केन्द्र र राष्ट्रिय सरोकार समिति नेकपा (एमाले)ले लिएको छन् ।

प्रतिक्रिया दिनुहोस