२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेश सरकारले विपद्‍मा परेका नागरिकको हवाई उद्धार गर्ने

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले विपद्‍मा परेका नागरिकलाई आफ्नै खर्चमा हवाई उद्धार गर्ने भएको छ । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले हवाई उद्धार सम्बन्धी कार्यविधि २०७९ तयार पारेको छ । यस अनुसार प्रदेश भित्र प्राकृतिक तथा गैर-प्राकृतिक विपद्‍मा परेका नागरिकको ज्यान बचाउन हवाई उद्धार सेवा दिइने छ । सो प्रयोजनका मन्त्रालयले वायुसेवा कम्पनीहरूसँग प्रस्ताव आह्वान समेत गरेको छ ।

बिहीबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले कार्यविधि अनुसार ७ दिन भित्र मन्त्रालयमा प्रस्ताव पेस गर्न आह्वान गरिएको छ ।

प्रदेश भित्र विपद्‍मा परी ज्यान जोखिममा परेका व्यक्तिलाई हवाई उद्धार गरी सुरक्षित स्थानमा अवतरण गराउने, घाइते भएका व्यक्तिलाई उपचारको आवश्यकता परेमा अस्पतालमा पुर्‍याउने र अन्य माध्यमबाट सम्भव नभएमा राहत वितरणमा समेत हवाई सेवा प्रयोग गर्ने गरी मन्त्रालयले प्रस्ताव मागेको हो ।

भीषण आगलागीको समयमा आगलागी नियन्त्रणमा समेत हवाई सेवा प्रयोग गर्न सकिने गरी कार्यविधि बनेको छ । यस्तो सेवा लुम्बिनी प्रदेशभर लागु हुने भएको छ ।

हिमपात, असिना, हिमपहिरो, हिमताल विष्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो तथा भू-स्खलन, डुबान, खडेरी, आँधी, हुरी बतास, शीतलहर, तातो हावाको लहर, चट्याङ, भूकम्प, ज्वालामुखी विस्फोट, डढेलो वा यस्तै प्राकृतिक विपद्‍बाट उत्पन्न विपद्‍बाट पीडित नागरिकले यो सेवा पाउने छन् ।

गैर प्राकृतिक विपद् भित्र महामारी, अनिकाल, डढेलो, कीट वा सूक्ष्म जीवाणु आतङ्क, पशु तथा चराचुरुङ्गीमा हुने फ्लु, सर्पदंश, जनावर आतङ्क, खानी, हवाई, सडक, जल वा औद्योगिक दुर्घटना, आगलागी, विषाक्त खाद्य सेवा, वातावरणीय प्रदूषणमा समेत यो सेवा पाइने छ । रुखबाट लडेको, ताल वा नदीमा डुबेको, वन विनाश वा भौतिक संरचनाको क्षति तथा प्रकोप र उद्धार कार्यमा हुने दुर्घटनाजस्ता गैर प्राकृतिक विपद्‍मा समेत हवाई सेवा दिने गरी कार्यविधि बनेको छ ।

प्रतिक्रिया दिनुहोस